समता कला कार्यशालाको ६१ औं शृङ्खला विन्ध्यवासिनी मन्दिरमा
पाेखरा | साउन २१, २०८०
पोखरा: पोखरेली युवा साँस्कृतिक परिवारले प्रत्येक तीन महिनाको तेस्रो शनिबार सञ्चालन गर्दै आएको समता कला कार्यशालाको ६१ औं शृङ्खला सिर्जनात्मक कला निर्माण गरि शनिबार पोखराको विन्ध्यवासिनी मन्दिर परिसरमा सम्पन्न भयो ।
समता कला कार्यशालामा कला निर्माण पछि कलाकार दुर्गा बराल वात्स्यायनले तत्स्थानीय चित्राङ्कन गर्नु चुनौतीपूर्ण भए पनि त्यसलाई सफलतापूर्वक सम्पन्न गर्नु नै कलाकार सफल हुनुको रहस्य उद्घाटन गरे । तिसको दशकदेखि सुरु भएको तत्स्थानीय चित्राङ्कनले नै पोखरालाई पानी रङको सहरका रुपमा चिनाएको बताए ।
प्रज्ञा परिषद सदस्य तथा प्ररम्परागत सिल्पकला बिभाग निवर्तमान प्रमुख प्राज्ञ बु्िद्घ गुरुङ्गले २०४२ सालदेखि पोखरेली कलाकारहरु गाउँघरको भ्रमण गर्दै कला सिर्जनामा निरन्तर लागेकाले नै आज कलामा पोखरालाई पानी रङको सहरका रुपमा चिनिएको हो भने । समता कला कार्यशालाले अग्रज र अनुज दुवैलाई एउटै थलोमा काम गर्ने अवसर दिंदा नयाँ कलाकारले आफूलाई चम्काउने अवसर पाउने बताए ।
संस्थाका सल्लाहकार तथा वरिष्ठ कवि तीर्थ श्रेष्ठले कलाको विकासको लागि अरुको भर परेर होइन आफ्नै हातलाई क्रियाशील र सिर्जनशील बनाउनु पर्छ भने । उनले कला कार्यशालामा निर्माण गरिएका चित्रलाई प्रदर्शनीमा रुपान्तरण गरेर आम मानिससँग कला पु¥याउन आग्रह गरे । कला कार्यशालामा कलाकार पदम घले, एस कुमार श्रेष्ठ, थमन सिंह सुनार, दल बहादुर गुरुङ, रिक गुरुङ, झबिन्द्र गुरुङ, युवराज लामीछाने, मनोज तामाङ, निशान थापा, गोपाल दराइ, आकाश गुरुङ, शुक्रराज गुरुङ, एलिता गुरुङ, शिव शिपाली, सौगात गुरुङ, सन्जीता घिमिरे, अमृत परियार, संजिव लामिछाने, नवराज थापा लगायतका कलाकारले पानी रङ र एक्रेलिक माध्यमको प्रयोग गरि सिर्जनात्कमक कला निर्माण गरेका थिए ।
परिवारका अध्यक्ष उपेन्द्र पौडेलको सभापतित्वमामा सम्पन्न उक्त कला कार्यशालाको सञ्चालन सचिव डा।चैतन्य अधिकारीले गरेका थिए भने स्वागत मन्तव्य कला संयोजक कलाकार उमेद पौडेलले गरेका थिए ।
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

